File photo
File photo

हेटौंडा । मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट शुक्रवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन राप्ति नगरपालिका वडा नं.१ दुबिचौर बस्ने ४३ बर्षीय हरी पौडेलको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार मनहरी गाउँपालिका वडा नं.६ खयरघारी गाउँदेखि करिब २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ति र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तरगत दोभानमा खर काट्न आएका पौडेललाई शुक्रबार बिहान १० बजेर १५ मिनेटको समयमा बाघले आक्रमण गरेको हो ।

अनुशन्धान तथा मुचुल्काको लागि ईलाका प्रहरी कार्यालय मनहरी मकवापनुरको टोली खटाइएको भण्डारीले बताए ।