हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.२ धवाडीपुलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन । दुर्घटनामा नावालिका छोरी र आमाको मृत्यु भएको छ भने बाबु गम्भीर घाइते भएका हुन ।

दुर्घटनामा मोटरसाइकलको पछाडी सवार मकवानपुरगढी गाउँपालिका वडा नं.२ बस्ने ३४ बर्षीया रुपा स्याङतान र उनके ५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक ३५ बर्षीय भिम बहादुर स्याङतानको उद्धार गरी हेटौँडा अस्पताल ल्याईएकोमा थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको भण्डारीले जानकारी दिए ।

सुकौराबाट कान्तिलोकपथ तर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो १ बजे अनियन्त्रित भएर धवाडीपुल छेउमा दुर्घटना भएको भएको हो । मोटरसाइकल सडकबाट करिब १२ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।