हेटौंडा । मकवानपुरमा तातोपानीमा परेर एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा भीमफेदी गाउँपालिका वडा नं.२ भदौरे बस्ने बिमला प्रजाकी ४ बर्षीया छोरी अञ्जली प्रजा रहेकी छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार मंगलबार आफ्नै घरमा खेल्ने क्रममा बाख्राको लागि तताएर राखेको तातोपानीमा परेर बालिका घाइते भएकी हुन् । तातोपानीले उनको पेटको भागदेखि तल घुँडासम्मको भाग पेलेको प्रहरीले जनाएको छ ।

घाइते बालिकाको स्थानीय प्राथमिक स्वाथ्य चौकीमा उपचार गराएको थियो । बिरामीको अबस्था जटिल हुँदै गएपछि थप उपचारको लागि हेटौडा अस्पतालमा ल्याईएको छ । उनको अवस्था अझै गम्भीर रहेको बताईएको छ ।