भीमफेदी कारागारलाई राइस स्टिम हस्तान्तरण गरिर्दै ।

हेटौंडा । मकवानपुरको भीमफेदीमा रहेको भीमफेदी कारागारलाई राइस स्टिम सहयोग गरिएको छ । मनहरी गाउँपालिकाले सोमवार कारागारमै पुगेर राइस स्टिमर सहयोग गरेको हो । पालिकाले तीनलाख बराबरको दुइवटा राइस स्टिम कारागारका निमित्त प्रमुख मदन लामालाई हस्तान्तरण गरेको छ ।

हालसम्म हिटरको प्रयोगबाट खाना पकाउने व्यवस्था हँुदै आएको निमित्त कारागार प्रमुख लामाले जानकारी दिए । उनले भने–“हिटरको प्रयोगले मासिक ४ देखि ५ लाख सम्मको विजुली खपत गर्दथ्यो तर उक्त स्टिमरले खाना पकाउन र विजुली खपत कम गर्न पनि सहयोग पुग्नेछ“ । यसबाट एउटा मेसिनमा ४८ किलो चामल एकैपटक पकाउन मिल्ने भएकाले करिब २०० जनालाई खाना पकाउन सजिलो हुने भएको छ । २ वटा स्टिमर मेसिनले करिब ४०० जनाको खाना एक पटकमा पाक्ने छ । भीमफेदी कारागारमा एकहजार ६९ जना कैदी–बन्दीहरु छन् । ७ सय २६ जना कैदी र ३ सय ४३ जना थुनुवा रहेका छन ।

पालिकाको गत असोज ५ गते कार्यपालिका बैठकले कारागारमा रहेका कैदी–बन्दीहरुलाई खाना पकाउने स्टिमर खरिद गरि हस्तान्तरण गर्ने निर्णय गरेको थियो । मनहरी गाउँपालिकामा स्थायी÷अस्थायी रुपमा बसोबास गर्ने सयौँको संख्यामा कैदी–बन्दीहरु लागूऔषध ओसारपसारका मुद्दामा कारागार चलान भएका छन् । अशिक्षा र गरिबीका कारण गाँजा ओसारपसारमा भरियाका रुपमा प्रयोग भएका सर्वसाधारणको दायित्व स्थानीय सरकारको पनि भएकाले सहयोग गरिएको पालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए ।
भीमफेदी कारागारलाई राइस स्टिम हस्तान्तरण गरिर्दै ।