हेटौंडा । मकवानपुरको राक्सिराङ वडा नं. २ मा हेटौंडा इन्फिल्डर्स, मकवानपुरले शनिवार न्यानो कपडा वितरण गरेको छ ।
राक्सिराङ कुडुलेमा आयोजित कार्यक्रममा करिब ८० जनालाई न्यानो कपडा वितरण गरिएको हेटौंडा इन्फिल्र्डसका अध्यक्ष राजक शाहीले जानकारी दिए ।

चेपाङ समूदायको बाहुल्यता रहेको कुडुलेमा पुगेर जाडो मौसमको लागि उपयुक्त न्यानो कपडाहरु वितरण गरिएको शाहीको भनाई छ । अर्जुन चौधरी, संजय तामाङ, शान्ताकुमार श्रेष्ठ, कुमार अधिकारी, मुन्ना सलाउदिन मिया, ओम चौँलागाई, सन्जन गौतम, कबिशर्मा कंडेल, विपिन ताम्राकार, खनिल जोशी तथा अध्यक्ष शाहीको सहयोगमा कपडा वितरण गरिएको थियो ।