हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक खण्ड अन्र्तगत टाटा सुमो र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुइजना घाइते भएका छन् ।

मकवानपुरको बकैया गाउँपालिका वडा नं. ११ सिरुडाँडामा बिहीवार हेटौंडाबाट काठमाण्डाैतर्फ जाँदै गरेको ना १ ज ८१६७ नं. टाटा सुमो र बिपरित दिशा तर्फ आउँदै गरेको ना ९ प ४१६९ नं. मोटरसाइकल एक–आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपमलिका–२ धरमपानी बस्ने २८ बर्षिय एसबि तामाङ र पछाडी बस्ने भीमफेदी गाउँपालिका–२ भैसेका २२ बर्षिय अमन मोक्तान घाइते भएका हुन् ।

उनीहरुको टाउको, छाती र खुट्टामा चोट लागको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि हेटौंडा पठाइएको र सुमो चालक उपचारमा संलग्न रहेको प्रदेश प्रहरीको भनाई छ । टाटा सुमो र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।