हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ खोरभन्ज्याङमा सुमो दुर्घटना हुँदा दुइजना यात्रु घाइते भएका छन् ।

सवारी दुर्घटनामा बकैया–४ जुरेली बस्ने ८० बर्षिय छवि कुमारी कार्की र बकैया–५ बस्ने २७ बर्षिय सरु माझी घाइते भएका हुन् । उनीहरुको गाला, हात र शरिरको भित्री भागमा चोटलागेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र ठिंगनमा सामान्य उपचार पश्चात थप उपचारको लागि उनीहरुलाई काठमाडांै पठाइएको छ ।

बकैयाको हात्तिसुढेबाट काठमाडांै तर्फ जाँदै गरेको ना १ ज १७६७ नं.को सुमो ओरालोमा अचानक अनियन्त्रित भई दुर्घटना भएको थियो । सुमोमा चालक सहित ८ जना सवार थिए । सुमो चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।