हेटौंडा । ११२ र्औ अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ स्थित सिता माध्यामिक बिद्यालयका बिद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ ।

नेकपा एमाले निकट अनेरास्ववियू मकवानपुरको महिला विभागको आयोजनामा स्टेशनरी सामाग्री बितरण गरिएको हो ।

कार्यक्रममा अनेरास्ववियु मकवानपुर महिला विभाग प्रमुख स्वेच्छा दंगाल, अनेरास्ववियु जिल्ला उपाध्यक्ष अमृत बर्तौला, अनेरास्ववियु मकवानपुरका सचिब पुष्कर तिमल्सिना, सह–सचिव प्रमोद फुयाल र दिनेश हुमागाइ लगायतकाको सहभागिता रहेको बिद्यार्थी नेता मनिसमान श्रेष्ठले जानकारी दिए ।