हेटौंडा । मकवानपुरगढी–५ सिमलटारमा रहेको बुङदल सामुदायिक वन उपभोक्ता समूहको २६ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष चन्द्र प्रसाद दुलालको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

साधारणसभामा समूहकी सचिव राधिका छतकुलीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेश अधिकारीले आव ०७७÷०७८ को २७ लाख ४९ हजार र चालु आव ०७८/०७९ को लागि २४ लाख ९ हजारको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।

समूहले यस आवमा विपन्न बर्ग लक्षित कार्यक्रम, पर्यापर्यटन, सामुदायिक विकास, आयआर्जन अन्तरगत बेसार खेती, वन विकास, जैविक विविधताको संरक्षण, भू–तथा जलाधार संरक्षण, वन संरक्षण, सामुदायिक विकास, अध्ययन भ्रमण लगायतको कामलाई प्राथमिकताको सूचीमा राखेको समूहका कोषाध्यक्ष राजेश अधिकारीले प्रस्तुत गर्नु भएको प्रस्तावित कार्यक्रममा समेटिएको छ ।

कार्यक्रममा उत्कृष्ठ विद्यार्थी तर्फ अनिसा घिमिरे, रेसु अधिकारी, शिखा दुलाल, हिराकुमारी दाहाल सिजुल दाहाललाई छात्रवृति वितरण गरिएको थियो भने बेसार खेती तर्फ रेनुका छतकुलीलाई पुरस्कृत गरिएको थियो ।

साधारणसभामा मकवानपुरगढी–५ का वडा अध्यक्ष जीतबहादुर घिमिरे, सव डिभिजन वन कार्यालय, मकवानपुरगढीका प्रमुख डटेन्द्र कुमार गोले, सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारी, थाकलडाडाँ सामुदायिक वनका अध्यक्ष बलराम फुयाँल, नमूना सामुदायिक वनका अध्यक्ष खडानन्द न्यौपाने, समूहकी उपाध्यक्ष राधिका छतकुली, सहसचिव बद्रीप्रसाद अधिकारी, रानी सामुदायिक वनका कार्यालय सचिव भमिसेन पोडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

७८.६० हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनमा १ सय १० घरधुरी रहेको समूहकी सदस्य संगीता घिमिरेले जानकारी दिए ।

भीमसेन पौडेल
थप जानकारी