हेटौंडा । मकवानपुर गढी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बखान सिंह पाख्रिनले चुनावका बेला गरेको प्रतिवद्धता ९० प्रतिशत पुरा गरेको दाबि गरेका छन । अनिरुद्र खबर संग कुराकानी गर्दै उनले स्थानीय तहको निर्वाचनका बेला जनता संग गरेको प्रतिवद्धता ५ बर्षको अवधिमा लगभग पुरा गरेको बताए ।

उनले वडामा सडकको लागि ट्र¥याक खोल्ने काम, ट्र¥याक खोलेको सडकमा स्ल्याब, ग्रावेल गर्ने कामहरु भएको बताए । खानेपानी, बिद्युत लगायतकाको व्यवस्थापन पनि गरेको जिकिर गरे । वडामा आइपर्ने समस्यालाई पनि समाधान गर्न उनी अब्बल ठहरिएका छन ।

पर्यटनको क्षेत्रमा अब्बल रहेको यस वडामा रहेको ऐतिहासिक मकवानपुर गढीले देशभर नै चिनाउने काम गरेको उनले बताए । नेपाल एकिकरण संग जोडिएको मकवानपुर गढी दरबारको आफ्नै इतिहास छ । गढी दरबारको संरक्षण र संम्बद्धनमा समेत काम गरेको उनले बताए । पर्यटनको क्षेत्रमा यसै वडामा बिजय पार्क, निर्माणाधिन ढुंगे गढी, जुंगे दरबार उत्खनन र मर्मत संभार र बौद्ध गुम्बा रहेको उनले बताए ।

कृषिको लागि राम्रो मानिएको यस वडामा कृषकलाई अनुदान दिइएको छ भने कृषि कर्मका लागि प्राबिधिक खटाएर कृषकको खेतमै पुगेर सेवा दिने वातावरण मिलाएको उनले बताए ।

वाल विवाह, निकृष्ट बालश्रम मुक्त तथा वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा पनि भईसकेको उनले जानकारी दिए । बालबालिका र मानवबेचबिखन रोक्ने क्षेत्रमा समेत काम गरेको उनले बताए । आधारभुत, प्रावि र मावि सहित यस वडामा ४ वटा बिद्यालय रहेका छन । शिक्षाको लागि बिस्तारै सवल बन्दै गएको वडा अध्यक्ष पाख्रिनले बताए ।

मकवानपुर गढी स्वास्थ्य चौकी मकवानपुर गढी २ शिखरकटेरी मार्फत यस वडा र आसपासका वडावासीलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराईएको छ । आफ्नै एम्बुलेन्स सहित स्वास्थ्य सेवा दिईरहेको यस वडाको स्वास्थ्य चौकीमा आधुनिक ल्याव समेत रहेको छ । स्वास्थ्य चौकीको ६ जनाको दरबन्दीमा हाल ५ जना मात्रै रहेको स्वास्थ्य चौकीकी सिनियर अनमि शारदा न्यौपानेले बताइन् । स्वास्थ्य चौकीमा ओपिडि सेवा, बर्थिङ सेन्टर संचालनमा रहेको उनले बताइन ।

सडक छेउमै रहेको स्वास्थ्य चौकीका कारण सडक दुर्घटना भएका बेला तुरुन्तै प्राथमिक उपचार पनि उपलब्ध गराउन सकिएको छ । ल्याव बाहेकका सबै सेवा निःशुल्क उपलब्ध गराईएको छ । यस वडामा क्षयरोगीको संख्या भने धेरै छ । यस स्वास्थ्य चौकीमा नेपाल सरकारको नियम अनुसार गर्भवतीले चेकजाँच र प्रसुती गराए नेपाल सरकारको तर्फबाट २ हजार ८ सय रुपियाँ र पालिकाको तर्फबाट २ हजार २ सय अर्थात ५ हजार सुत्केरीलाई उपलब्ध गराइएको छ ।

यस वडामा शिखरकटेरी, बाँस्पानी, धरमपानी चौतारा, वर भन्ज्याङ, कुर्ले, गढी भन्ज्याङ, जीतपुर भन्ज्याङ लगायतक मुख्य स्थानहरु रहेका छन । यस वडाको पुर्वमा बकैया गाउँपालिकाको वडा नम्बर ११, १२ पश्चिममा वडा नम्बर ३, दक्षिणमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७, १८ र उत्तरमा सामारी खोला अवस्थित छ ।