हेटौंडा । वन, वातावरण र सामाजिक कार्यमा उदाहरणीय काम गर्दै आएको हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले मकवानपुरगढीको विभिन्न स्थानहरुमा सिमेन्टको कुर्सी राख्ने काम गरेको छ ।

समूहको चालु आव.०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सिमेन्टको कुर्सी राखिएको समूहले जनाएको छ ।

समूहले मकवानपुरगढी–३ मक्रान्चुलीमा २ वटा र मकवानपुरगढी–४ कालीखोलामा २ वटा गरि ४ वटा सिमेन्टको कुर्सी राखेको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए ।स्थानीय उपभोक्ता, बाटोमा हिड्ने बटुवा, सवारीसाधनको प्रतिक्षामा रहेका व्यक्तिहरुलाई सुविधा पु¥याउने उद्धेश्यका साथ सिमेन्टको कुर्सी राखिएको हो ।

यस अघि समूहले मकवानपुरगढी–३ स्थित फुटसल अगाडि र मकवानपुरगढी गाउँपालिका अगाडि स्थानीय, बटुवा लगायतकालाई सुविधा दिने उद्धेश्यले गोलघर निर्माण गरेको समूहकी सचिव नानीमाया रुम्बाले बताईन । समूहले यस आवमा समूहको क्षेत्रभित्र १० वटा सिमेन्टको कुर्सी राख्ने योजना रहेको बताईएको छ ।

भीमसेन पौडेल
थप जानकारी