हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–११, गमलटारस्थित प्रगतिशिल प्राथमिक विद्यालयका बिद्यार्थीलाई विद्यालय ब्याग वितरण गरिएको छ ।
बालविकासदेखि कक्षा ३ सम्म अध्ययनरत २७ जना विपन्न तथा तामाङ समुदायका बालबालिकालाई लक्षित गरी उक्त सामग्री वितरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक रामबहादुर सुनुवार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक नेसुरलगायतकाले बिद्यार्थीलाई विद्यालय ब्याग हस्तान्तरण गरेका थिए ।
विद्यालय ब्यागको अभावले समस्या झेल्दै आएका बिद्यार्थीलाई शैक्षिक सामग्री राखेर सहजै विद्यालय आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यले लोकेश्वर मिडिया प्रालि, काठमाडौँको संयोजनमा कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमका लागि नेपाल तामाङ घेदुङ इजरायलका प्रतिनिधि जितबहादुर स्याङ्तानले ७ हजार रुपैयाँ र तामाङ समाज पोर्चुगलका प्रतिनिधि दावा तामाङले ५ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्