हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भीमफेदी पालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

प्रथम अधिवेशनले भीमफेदी पालिका कमिटीको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नयाँ कार्यसमितिअन्तर्गत सभापतिमा बद्रीबहादुर पौडेल चयन भए ।

त्यस्तै उपसभापतिमा कृष्ण शोभा श्रेष्ठ, सचिवमा प्रल्हाद पुडासैनी, सह–सचिवमा हिरण्यलाल श्रेष्ठ र कोषाध्यक्षमा सर्बेन्द्र बर्तौला चयन भए । सदस्यहरूमा माधव पुडासैनी, गोपाल कार्की, नेत्रकुमारी खड्का, राधा तामाङ, सुनिता घलान र हिरा मिजार चयन भएका छन् ।

अधिवेशन भीमफेदी पालिका कमिटीका सभापति बद्री पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य विराज भक्त श्रेष्ठ, केन्द्रीय सदस्य रमेश प्रसाई लगायतकाको उपस्थिती रहेको भिमफेदीबाट सुरेन्द्र थिकेले जानकारी दिए ।