हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा शुक्रबार माओवादीको निर्वाचन केन्द्रीत राजनैतिक, वैचारिक प्रशिक्षण कार्यक्रम भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)की केन्द्रीय सदस्य कुमारी मोक्तानले कार्यक्रमको उद्घाटन गरेकी हुन ।

माओवादीकी केन्द्रीय सदस्य एवं मकवानपुरगढी चुनावी कमाण्डर मानकुमारी नेपाली, माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेश सांसद प्रेमबहादुर पुलामी, माओवादी केन्द्रका मकवानपुर संयोजक एवं बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, जिल्ला सचिव भीम पाख्रिन, जिल्ला सदस्य एवं मकवानपुरगढी ईन्चार्ज सरोज खनाल, मकवानपुरगढी सूचना प्रविधि संयोजक भरत सापकोटा लगायतले अबको चुनावमा माओवादीको जित पक्का रहेको दाबि गरे । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।