हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–१, गडुवानमा चट्याङ लागेर गम्भीर घाइते भएकी फुलमाया डिम्डुङको मृत्यु भएको छ ।

आइतबार साँझ हावाहुरी, पानीसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी ४२ बर्षीया फुलमायालाई उपचारका लागि हेटौंडास्थित चुरेहिल हस्पिटल ल्याइएको थियो । उपचारको क्रममा चिकित्सकले आइतबार साँझ ८ बजेर ३० मिनेटको समयमा फुलमायालाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

घरमै बसिरहेकी फुलमाया र उनका श्रीमानलाई चट्याङ लागेर घाइते भएका थिए । चट्याङ लागेर गम्भीर घाइते भएकी फुलमायालाई आफन्तले उपचारका लागि हेटौंडास्थित चुरेहिल हस्पिटल ल्याइएको थियो । फुलमायाकी श्रीमान सामान्य घाइते भएका छन् ।