हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन ।

मदन भण्डारी राजमार्ग अन्तर्गत बकैया–५ मा बिरगंजबाट हात्तीसुँडे तर्फ जाँदै गरेको ना १ क ९९५२ नंबरको ट्रक आफै अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार दुर्घटनामा ट्रकमा सवार २ जना घाईते भएका छन् । घाइते २ जनाको हात,खुट्टा र टाउकोमा चोट लागेको छ ।