हेटौंडा । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मकवानपुरको बकैया गाउँपालिकाको लागि ८ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गाउँपालिका अध्यक्ष पदमा ८ जना र उपाध्यक्ष पदमा ६ जनाले उम्म्द्वारी दर्ता गरेका हुन ।

सत्तारुण दल ५ दलीय गठबन्धनका दलहरु नेपाली कांग्रेस,नेकपा माओवादी,नेकपा एकिकृत समाजवादी,जनता समाजवादी पार्टी (जसपा) ले पनि आ–आफ्नै दाबी सहित गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र १२ वटै वडाहरुमा वडा अध्यक्षको दाबी गर्दै उम्मेद्वारी दर्ता गरेका हुन ।

अध्यक्ष पदको लागि नेकपा एमालेबाट सरला बोलखे,नेपाली कांग्रेसबाट धर्म लामिछाने,नेकपा माओवादी केन्द्रबाट लक्ष्मी माझी,नेकपा मालेबाट कुमार बहादुर संजले,नेकपा (एकिकृत समाजवादी) बाट नारायण तिमल्सिना,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राम प्रसाद दाहाल,जनता समाजवादी पार्टीबाट मान बहादुर माझी र स्वतन्त्रबाट कृष्ण घिमिरेले उम्मेद्वारी दिएका छन् ।

यसैगरि उपाध्यक्ष पदको लागि ६ जनाले उम्मेद्वारी दिएका छन् । उपाध्यक्षको लागि एमालेबाट लालबहादुर स्याङ्तान,कांग्रेसबाट छाया अधिकारी,माओवादीबाट भक्त बहादुर खत्री,राप्रपाबाट सावित्री राई,जसपाबाट मिरा वाईवा,एकिकृत समाजवादीबाट उर्मिला राईले उम्मेद्वारी दिएका छन् ।