हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा विजयी भएका उम्मेदवारहरुले विजय जुलुस निकालेका छन ।

गठबन्धनको तर्फबाट बकैया गाउँपालिका अध्यक्षमा विजयी भएका काँग्रेसका धर्मराज लामिछाने र उपाध्यक्ष माओवादी केन्द्रका भक्तबहादुर खत्री सहितका उम्मेदवारहरुले विजयी जुलुस निकालेका हुन ।

विजयी जुलुसमा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा विजयी भएका उम्मेदवार र नेकपा माओवादी केन्द्रबाट विजयी भएका उम्मेदवार सहितको सहभागिता रहेको थियो ।