हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उत्तर लामा भोलन विजयी भएका छन् ।
बुधबार साँझ सार्वजिनक मतपरिणाममा ६ सय २१ मत प्राप्त गरी भोलन वडाध्यक्षमा विजयी भएका हुन् ।

अध्यक्ष पदका अर्का प्रत्यासी नेकपा एमालेका उम्मेदवारले ५ सय ८३ र माओवादीका उम्मेदवारले ५ सय ६५ मत प्राप्त गरे । लामा विजयी भएसँगै बागमतीमा पहिलो पटक नेपाली कांग्रेसले वडाध्यक्ष पद जितेको छ ।

यसअघि वडा १ देखि ५ सम्म माओवादी केन्द्र र ६ नम्बर वडा एमालेले जितेको थियो ।