हेटौंडा । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्र्तगत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित भएका कैलाश गाउँपालिकाका जनप्रतिनिधिहरुलाई शनिवार पद तथा गोपनियताको सपथग्रहण गराइएको छ ।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले उपाध्यक्ष बालकुमार मल्ल ठकुरीसहित दश वटै वडाका वडा अध्यक्ष र सदस्यहरुलाई सपथ गराएका हुन । यसअघि गाउँपालिकाका अध्यक्ष मुक्तानले गएको बिहिबार मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठबाट सपथ लिएका थिए । उनले गाउँपालिका पुगेर कार्यभार सम्हालिसकेका छन ।

सपथग्रहण कार्यक्रममा गाउँपालिकाका निर्वतमान अध्यक्ष टंक मुक्तान, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, निर्वाचन अधिकृत मुकुन्दहरी पौडेल लगायत राजनीतिक दलका स्थानीय नेताहरुको उपस्थिति थियो । निर्वाचन अधिकृत पौडेलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरे ।