हेटौंडा । मकवानपुर प्रहरीले ३३ बोतल लागुऔषध वनरेक्स सहित एक जनालाई पक्राउ गरेको छ ।
आज बिहान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१ स्वर्गलोक स्थित डेरामा बस्ने ३९ वर्षीय रामकृष्ण लोलाई वनरेक्स सहित पक्राउ गरेको हो ।
जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नंबर ४ घर भई हाल हेटौंडा–१ स्वर्गलोकमा डेरा बस्दै आएका लो ले आफू बस्ने डेरा कोठाको पलाङ मुनी लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध वनरेक्स ३३ बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए ।

उक्त लागुऔषध वनरेक्स सहित लो लाई पक्राउ गरिएको र थप आवश्यक अनुसन्धान भईरहेको प्रवक्ता कार्कीले जानकारी दिए ।