हेटौंडा । मकवानपुर प्रहरीले लागु औषध गाँजासहित एक जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सीराङ गाउँपालिका–१ स्थायी वतन भई हाल बकैया गाउँपालिका–५ कर्मचुली बस्ने ३५ वर्षीया फुलमाया भुलुन रहेकी छन् ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी हात्तीसुडे मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा १ किलो ४०० ग्राम सहित भुलुनलाई शनिबार पक्राउ गरेको हो ।

भुलुनको घरमा चेकजाँच गर्दा उनको घर भित्र लुकाई छपाई राखेको अबस्थामा उक्त परिमाणमा लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।