हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

धरान चतरा सडक मार्ग अन्तर्गत बागमती ७ मा जन्ती बोकेको ना ८ त ८०७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अन्दाजी १६ वर्षीया सलिना राई रहेकी छन् । दुर्घटनामा ६ जना गम्भीर घाइते भएको उनीहरूलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बागमती गाउँपालिका–९ बेतिनीबाट सिन्धुलीतर्फ जन्ती बोकेर जाँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।