हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ ठिंगनमा रहेको कान्ति माध्यामिक बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः दोश्रो कार्यकालका लागि रुपेन घले चयन भएका छन ।

सामाजिक क्षेत्रमा क्रियाशिल घले दोश्रो कार्यकालका लागि सर्वसम्वत् चयन भएका हुन । घले एक दर्जन बढी सामाजिक संघसंस्थामा रहेर काम गरिसकेका छन । उनी पुर्व कार्यपालिका सदस्य, बागमती महाअभियानका अभियान्ता पनि हुन ।

घलेले आफ्नो कार्यकालमा एक बिद्यालय एक नर्स कार्यक्रम, आइसीटि ल्याव, बिज्ञान प्रयोगशाला र दुई वटा बिद्यालय भवन निर्माणका लागि पहल गरेका थिए । उनले दोश्रो कार्यकालयमा बिद्यालयलाई प्राबिधिक शिक्षालय बनाउने, पुरानो छात्रावासको व्यवस्थापन गर्ने, बिद्यालयमा बसको व्यवस्था मिलाउने, खेल मैदान बनाउने, इ हाजिरी प्रणालीलाई थप प्रभावकारी बनाउने, शिक्षामा थप सुधार गर्ने लगायतका योजनाहरु रहेको बताए ।

मकवानपुरको पुरानो बिद्यालय मध्य कान्ति मावि पनि एक हो । २०१८ सालमा स्थापना भएको यस बिद्यालयमा हाल २ सय ४९ जना बिद्यार्थी अध्ययनरत रहेका छन । यस बिद्यालयमा ६ किलोमिटर टाढाबाट बिद्यालर्थीहरु अध्ययन गर्न आउने गरेका छन । बकैया ११ आँपचौर, बकैया १२ कोलखोप , गमल्टार , सिमट्वाँक, भीमफेदी ८ गंगटेका बिद्यार्थीहरु यस बिद्यालयमा अध्ययन गर्ने गरेका छन । यस क्षेत्रमा तामाङ, घले, बाहुन, क्षेत्री तथा दलित समुदायको बाहुल्यता रहेको छ ।