हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको आयोजनामा २० जना युवतीहरुलाई तीन महिने ब्यूटिसियन तालिम दिन सुरु गरिएकोे छ ।

गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले गाउँपालिकाभित्रका २० जना युवतीहरुलाई दिइएको तालिमको उद्घाटन गरेकी छन् । गाउँपालिकाको लघु उद्यम विकास शाखाले हेटौंडा–१ पिपलबोटमा रहेको आश्विनी ब्यूटिपार्लर तथा टे«निङ सेन्टरमा तालिम सुरुवात गरेको हो । दैनिक ४ घण्टा तालिम हुने जनाइएको छ ।

तीन महिनासम्म दैनिक चारघण्टाका दरले तालिम दिएर सीप सिकाउने प्रयास गाउँपालिकाले गरेको कार्यालयका कर्मचारी प्रशासन शाखा प्रमुख तथा लघु उद्यम विकास शाखाका संयोजक सुर्यबहादुर गुरुङले बताए । तालिमको मुख्य प्रशिक्षक इन्द्राकुमारी तामाङ र सहायक प्रशिक्षक सरस्वती स्याङतान रहेका छन् ।