हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं.४ जुरेली स्थित न्यू हातेमालो क्लबको अध्यक्षमा बरुण कार्की चयन भएका छन् ।

आज भएको प्रथम साधारण सभाले कार्कीको नेतृत्वमा १३ सदस्सीय कार्यसमित चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सन्तोष कार्की,सचिवमा किरण केसी,सहसचिवमा सुदिप दुलाल र कोषाध्यक्षमा सानु परियार रहेका छन् ।

यस्तै सदस्यहरुमा क्रमशः सानु तामाङ, दिपक कार्की, राजन केसी, कमला नेपाल, हरेराम बजगाई, अमोद बस्नेत र सपना अर्जेल रहेका छन् ।

प्रकाश बस्नेतको अध्यक्षतामा भएको भेलामा बकैया ४ का वडा अध्यक्ष राजन दंगालको प्रमुख आतिथ्यता रहेको थियो ।