File Photo.

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा दुई बिगाहा क्षेत्रफलमा लगाइएको लागुऔषध गाँजा खेती फडानी गरिएको छ ।

इलाक प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीको टोलीले बकैया–६ गोब्रेमा गाँजा खेती फडानी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरी बरिष्ठ नायव निरीक्षक बिदुरचन्द्र अधिकारीको कमाण्डमा १४ जनाको प्रहरी टोलीले गाँजा फडानी गरेको थियो ।