काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफू एमाले प्रवेश गर्ने संकेत गरेकी छिन् । केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फोन गरेको भन्दै सामाजिक सञ्जालमार्फत खशुी व्यक्त गरेकी करिश्माले मंगलवार सामाजिक सञ्जाल मार्फत एमालेमा प्रवेश गर्ने संकेत गरेकी हुन् ।

फेसबुकमा उनले केपी शर्मा ओलीसमेतको नाम देखिने मोबाइल कलको स्क्रिनसट सेयर गर्दै ‘उहाँलाई अवश्य भेट्नेछु’ भनेर उल्लेख गरेकी छिन् ।

कतिपयले करिश्माको उक्त स्टाटसको अर्थ उनी एमालेमा प्रवेश गर्न लागेको संकेतका रुपमा लिएका छन् । यसअघि अभिनेत्री करिश्मा बाबुराम भट्टराईले तामझाम गरि घोषणा गरेको नयाँशक्ति पार्टीको सदस्य बनेकी थिइन् ।