हेटौंडा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगर कमिटीको शनिवार भेला भएको छ ।

भेलाले राजेश नगरकोटीको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कमिटिको उपाध्यक्षमा अनिल काफ्ले, सचिवमा मनोज चौलागाई, उपचिवमा अर्जुन दुलाल र सचिन राई, कोषाध्यक्षमा राजन न्यौपाने लगायतकालाई चयन गरेको छ ।

कार्यक्रममा एमालेका नेता तथा कार्यकताहरुको सहभागिता रहेको थियो ।