हेटौंडा । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल मकवानपुरको अध्यक्षमा भोला चौलागाई चयन भएका छन ।

शनिबार हेटौंडामा भएको तेस्रो अधिवेशनले चौलागाईको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा निर्मला ब्लोन र लक्ष्मी पौडेल, सचिवमा उत्सव चौलागाईं, सह–सचिवमा सानुकान्छी मोक्तान, कोषाध्यक्षमा हिरा लामा सर्वसम्मत चयन भएका छन ।

एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।