हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको अनुशासन समिति गठन गरेको छ ।

कांग्रेस मकवानपुरको चैत २० गते बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकको निर्णय अनुसार कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजकमा प्रभात दाहाल र रामबाबु बानियाँ र अर्जुन चौलागाईं सदस्य रहेको ३ सदस्यीय अनुशासन समिति गठन गरिएको जिल्ला सचिव भीमसेन महतले जानकारी दिए ।

त्यसैगरी कार्यसम्पादनको बैठकले कांग्रेस जिल्ला समितिको भवनमा विना जानकारी, मागदावी वा विमतीको विषय जिल्ला कार्यसमितिलाई नराखीकन गुण्डागर्दी शैलीमा लगाईएको तालाबन्दीको घोर आपत्तीसमेत गरेको छ ।