हेटौंडा । नेकपा एमालेका तर्फबाट हेटौँडा उपमहानगरपालिकाका मेयरका उम्मेद्वार अनन्त पौडेलले गठबन्धन संस्कृतिले स्थानीय तहमा अस्थिरता निम्त्याउने बताएका छन ।

प्रेस चौतारी निकट पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयरका उम्मेद्वार पौडेलले नेकपा एमालले विगतमा गरेका कामहरु नै अहिले मतदातासँग मत माग्ने मुख्य आधार रहेको बताए ।

कार्यक्रममा उपमेयर पदकी उम्मेदवार सुमित्रा काफ्लेले उपमहानगरपालिकाका सर्वसाधारणले अनुभुती गर्ने गरी विकासका काम हेटौँडा उपमहानगरमा एमालेले गरेको बताइन ।

कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, एमाले मकवानपुरका सचिब एवम् हेटौंडा ४ नम्बर वडाका अध्यक्षका उम्मेद्वार नवीन सिग्देल, मकवानपुरगढी गाउँपालिकाका अध्यक्षका उम्मेद्वार बिदुर हुमागाई, हेटौंडा ९ नम्बर वडाका अध्यक्षका उम्मेद्वार लक्ष्मण प्रसाद भण्डारी, ७ नम्बर वडाका अध्यक्षका उम्मेद्वार राजन थापा, ११ नम्बर वडाका अध्यक्षका उम्मेदवार जुना दाहाल, प्रचार विभाग प्रमुख ध्रुब प्रसाद चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।