हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा नेपाली काँग्रेसले जितेको छ । वडा अध्यक्षमा काँग्रेसका दिपेश दाहालसहित नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ ।

कुल मत २ हजार २ सय २८ मध्ये दाहालले १ हजार १ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रतिष्पर्धी एमालेका जीतबहादुर घिमिरेले ७ सय २१ मत पाउँदा नेकपा माओवादी केन्द्रको रत्न प्रसाद तिमल्सिनाले २ सय ३० मत पाएका छन । यस्तै १३ मत बदर भएको थियो ।