हेटौंडा । प्रेस सेन्टर नेपाल मकवानपुरको आज हेटौंडामा बार्षिक साधारणसभा तथा अग्रज पत्रकार सम्मान एवं पुरस्कार वितरण कार्यक्रम भएको छ ।

प्रेस सेन्टर मकवानपुरले ५ जना पत्रकारलाई पुरस्कृत गर्नुका साथै १५ जना पत्रकारलाई सम्मान गरेको हो । यस्तै ५ जना महिला पत्रकारलाई सुत्केरी प्रोत्साहनसहित जनही ५ हजार रुपैयाँ प्रदान गरेको छ । पुरस्कृत हुनेमा राममणि दाहाल, भानुभक्त आचार्य भावना रिजाल, तिलक अधिकारी, बालकृृष्ण अधिकारी रहेका छन ।

साधारणसभाको अवसरमा जनही ५ हजार रुपैयाँसहित ५ जना पत्रकारलाई पुरस्कृत गरेको हो । सम्मानित हुनेमा नवराज शर्मा, कमलचन्द्र सुमन, सूवर्णलाल श्रेष्ठ, भानुभक्त आचार्य, प्रताप विष्ट, कृष्णराम परियार, मोहनमान सांगामी, सम्झना कार्की, नानीमैया बिष्ट, राजन दाहाल, महेन्द्र श्रेष्ठ, रामकुमार एलन, रोशन पराजुली, सुरेश झा र राममणि दाहाल रहेका छन । प्रेस सेन्टर नेपालले महिला पत्रकारहरुमा सुनसानी थिङ, उषा थामी, पविना लामा, कुमारी स्याङ्वो र मनिता दानीलाई सुत्केरी प्रोत्साहनस्वरुप ५ हजार रुपैयाँ प्रदान गरेको थियोे ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यता तथा प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जनप्रतिनिधि, पत्रकारहरुकाे सहभािगता रहेकाे थियाे ।