मेरो प्रिय गोपाल दाई ,अध्यक्ष ज्यु ।
पुरानो एमाले भन्दा अलि अग्रगामी एमाले बन्दिनुस् न ।

म राप्रपा नेपाल समर्थक हु, तपाईलाई थाहा छ । मेरो सुझाव तपाईंलाई काम लाग्दैन त्यो पनि मलाई थाहा छ । तपाईंले अरुको अस्तित्व स्वीकार्नु हुन्न त्यो पनि मलाई थाहा छ ,मेरो अध्यक्ष कमल थापा र तपाईंको अध्यक्ष केपि ओलिको अहिले मुन्टो जोडिएको छ,त्यसकारण नैतिकरुपमा तपाईंको मैले बिरोध गर्न सक्दिन । यस्को अर्थ म कायर भएर हैन,एमाले पार्टी आफैमा नराम्रो पटक्कै हैन,एमाले पार्टी भित्रका केही ब्यक्तिको प्रबृद्धि गलत हो, अब अध्यक्ष ज्युले बिना पुर्बाग्रह ,दम्भ घमन्ड तोडेर अरुको अस्तित्व स्वीकार गरेर अगाडि बढ्न आग्रह गर्दछु ।

अहिलेलाई यत्ति भन्छु– अध्यक्ष ज्युले प्रभाब गर्ने सेवामा सेवाग्रहि हेरेर पुर्बाग्रह पुर्ब गर्नुहुन्छ यो सत्य कुरा हो ,यो चपेटामा म पनि परेको छु । सबै राजनितिक दल संग एकता गरेर समधान खोज्दा राम्रो होला। राप्रपा नेपाल सद्भाव शान्ति र जनताको पक्षमा रहेको छ । धन्यवाद ।

अर्जुन ढुङ्गाना
केन्द्रिय उपाध्यक्ष
युवक संगठन नेपाल,राप्रपा नेपाल ।