कवानपुरको स्थानीय निर्वाचन सकिदैगर्दा एमाले लगायत विभिन्न पार्टीहरुले निर्वाचानको समिक्षाको कुरा उठाउन थालेका छन् जुन आवश्यक पनि छ । पराजय भोग्ने दलले हामी किन पराजित भयो भनेर समिक्षा गर्नुपर्ने देखिन्छ भने जित्ने दलले हामीले कसरी जित हासिल गर्यौं र यो कतिको स्थायी छ भनेर समिक्षा गर्नु पर्ने हुन्छ । यस अघिको निर्वाचन भन्दा यस पटकको निर्वाचन फरक राजनितिक पृष्ठभूमिबाट सम्पन्न भएका छन् । एकातिर पाँच दलीय गठबन्धन रहे भने अर्काेतिर नेकपा एमाले (केही अमुक दलहरुको सहयोग प्राप्त भनिए पनि खासै प्रभाव नदेखिएको) बीच कडा प्रतिस्पर्धाका साथ केही अपवादलाई छोड्ने हो भने शान्तिपूर्ण तरीकाले सम्पन्न भएका छन् ।

आम मतदाताहरुले पनि यस विषम परिस्थितिको आकलन गरेर नै मतदान गरेका हुन् भनेर निकर्ष निकाल्न सकिन्छ । एमालेको सन्दर्भमा आफ्नो विचार राख्नुपर्दा जिल्ला अधिवेशन देखि नै पार्टीभित्र विधि पद्धतिको विषयलाई लिएर कैयौ नेता तथा कार्यकर्ताहरुले आक्रोस पोख्दै आएको छन् भने स्थानीय निर्वाचनबाट अपेक्षित नतीजा प्राप्त गर्न नसके पछि एमालेको लागि त नेतृत्वको नैतिकता सहित बृहत आत्मसमिक्षा नगरे आउदै गरेको संघीय तथा प्रदेशको निर्वाचनमा पार्टीको अस्तित्व जोगाउन हम्मे हम्मे पर्ने प्रष्ट देखिन्छ । यसै विषयमा आफुले देखेको विषयको विश्लेषणात्मक अभिव्यक्ति यहाँ प्रस्तुत गरेको छु ।

के के विषयमा समिक्षा गर्नुपर्ला त ?

१) एमालेले जिल्लाको अधिवेशनमा आफ्नो विधान अनुसार नेतृत्व चयन गरेको हो त ?

२) अधिवेशन पश्चात असन्तुष्ट पक्षहरुसंग छलफल भई नेतृत्वहरुले व्यक्त गरेका प्रतिवद्धताहरु कार्यान्वयन गर्नुभयो ?

३) पार्टीबाट निराश भई पार्टी नै परित्याग गरी बसेका व्यक्तिहरुसंग कहिल्यै भेटघाट वा सम्पर्क गर्नुभयो ?

४) आम कार्यकर्ताहरुबाट आएका पार्टीहितका सुझावहरु कतिको सुनुवाई गर्नु भयो ?

५) यहाँहरुले एकपक्षीय रुपमा घोषणा गरिएका जिल्ला कमिटी तथा सम्बन्ध कमिटीहरुमा सहि नेतृत्व चयन गर्नुभएको हो ?

६) पार्टी संचालन गर्न जिल्ला कमिटी तथा केन्द्रीय तहका नेतृत्वले सहि नीति अवलम्बन गरेको हो त ?

७) पाँच दलीय गठबन्धनसंग चुनावी प्रतिस्पर्धा गर्न जिल्ला कमिटीले लिएको नीति प्रभावकारी थियो ?

८) नेतृत्वमा रहेका नेताहरुले आम कार्यकर्ता तथा मतदाताहरुसंग कतिको शौहार्दता देखाए ?

९) निर्वाचन कौशलताको बारेमा कतिको रणनीतिक पाइलाहरु चाले ?

१०) यस अघिको आफ्नो पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधीहरुको मुल्यांकन गरे ?

११) यस निर्वाचनमा पार्टीले विधान अनुसार प्रकृया पुराएर योग्य उमेदवारलाई टिकट दिने काम भयो ?

१२) मतदाताहरुले मागेको इमान्दार व्यक्तिलाई पार्टीले टिकट दियो ?

१३) चुनावको प्रचारप्रसारको दौरानमा केन्द्रीय अध्यक्ष केपी ओली हेटौंडामा चुनावी सभालाई सम्बोधन गर्न आउँदा एमालेकै कार्यकर्ताहरुको उपस्थिति पर्याप्त थियो ?

१४) एमालेको नीति, सिद्धान्त र उद्देश्य सहि हुँदाहुँदै मतदानमा एमालेका मतहरु किन क्रस भोटिङ भए ?

१५) मेयर, उपमेयर सहित हेटौंडाका बहुमत बडाहरुमा पराजय भोग्नु पर्दा नेतृत्वले नैतिकता देखाउन पर्छ कि पर्दैन ?

१६) नयाँ सडक गल्ली गल्लीहरुबाट भित्र्याईएका पार्टी सदस्यहरुले पार्टीलाई कति योगदान गरे ?

१७) ३०, ४० वर्ष पार्टीमा लागेका कार्यकर्ताहरुको पार्टीहितका लागि आएका भनाई तथा शुझावहरुको किन उपेक्षा भयो ?

१८) आम स्थानीय नेता तथा कार्यकर्ताहरुको सहि आवाजलाई केन्द्रीय तहसम्म किन पुर्याउनु भएन ?

१९) विधानलाई कुल्चेर भएपनि आफ्नो सुविधा अनुसार पार्टी चलाउनु भन्ने केन्द्रीय निर्देशन थियो ?

२०) चोइटिएर गएका मकवानपुरका इमान्दार नेता कार्यकताहरुलाई पार्टीले पार्टीमै रहने वातावरण मिलाउने प्रयास कतिको गर्नु भयो ?

२१) हारजित एक प्रविधिक विषय हो भनेर मात्र चुपचाप बस्न मिल्ला ?

२२) पार्टीलाई अपेक्षित मत प्राप्त हुन सकेन वा पराजित हुनु पर्यो भनेर कार्यकर्ता तथा आम मतदातालाई अन्तरधाती भनेर पार्टीलाई के फाइदा हुन्छ ?

२३) देशव्यापी रुपमा स्थानीय तहमा पार्टीगत नेतृत्व हेर्दा अव जनताहरु कोसंग नजिक रहेर कार्यगर्ने इच्छा राख्छ ? यस्ता धेरै कौतुहलताहरु छन् आम मतदाता तथा कार्यकर्ताहरुमा । त्यसैले ढिला नगरी नेतृत्वको नैतिकता सहित आत्मसमिक्षा गरी पार्टीलाई जिवन्ता राख्न नेतृत्वलाई एक शुभचिन्तकको हैसियतले सुझाव दिन चाहान्छु ।

श्यामकल श्रेष्ठ
थप जानकारी