हेटौंडा । हेटौंडा–६,चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव कार्यक्रम आईतवार सम्पन्न भएको छ ।
वार्षिकोत्सको अवसरमा विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको छ । भवन निर्माणमा सहयोग गर्ने भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव प्रसाद गौतम, सचिव भीमसेन पौडेल, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सदस्य धन बहादुर गौतम, राजकुमार बिडारी, राधिका गौतम र शर्मिला ढकाललाई सम्मान गरेको छ ।
यसैगरि अनुगमन समितिका संयोजक गौरबकुमार पराजुली, सदस्य श्रीराम कँडेल, बद्री प्रसाद गौतम, कल्पना पराजुली र शर्मिला सुनदासलाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो ।
हेटौंडा–६ नं. वडा समितिद्वारा संस्थालाई कम्प्युटर प्रदान
संस्थाको आर्थिक पाटोलाई ब्यवस्थित र पारदर्शी बनाउन हेटौंडा–६ नंं वडा कार्यालयले संस्थालाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । संस्थाको २५ औं वार्षिकोत्सवको अवसरमा वडा अध्यक्ष विष्णु बहादुर दाहालले कम्प्युटर र प्रिन्टर संस्थाका अध्यक्ष उदय बिडारीलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा हेटांैडा–६ चुच्चेखोला निवासी एकल महिला ठूलीमायालाई आर्थिक सहयोग प्रदान गरिएको थियो । संस्था सञ्चालक समिति, लेखा समिति, सल्लाहकार र शेयर सदस्यहरुबाट संकलन गरिएको १२ हजार ५ सय रुपैयाँ निजलाइ प्रदान गरिएको थियो ।
हेटौंडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष उदय बिडारीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा हेटौंडा–६ का वडा सदस्य लेखराज ढकाल, भूमि आयोग मकवानपुरका सदस्य अर्जुन प्रसाद चौलागाई, संस्थापक अध्यक्ष बासुदेव सापकोटा, सल्लाहकार गौरब कुमार पराजुली, हिमाल पौडेल, नेपाल वातावरण पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणीराज गौतम, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, प्रगतिशिल महिला आपसी विकास संस्थाकी उपाध्यक्ष गायत्री घिमिरे, संस्थाका उपाध्यक्ष उदय प्रकाश दहाल, ब्यवस्थापक भीमसेन पौडेल, शेयर सदस्य, शुभचिन्तक लगायतको सहभागिता थियो ।












प्रतिक्रिया दिनुहोस्