हेटौंडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा चट्याङ लागेर एक जना घाइते भएका छन् ।

आइतबार दिउँसो गाउपालिका ८ लाच्योमा मेघ गर्जन सहित परेको चट्याङ लागेर स्थानीय गोपि प्रजा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङ लागेर घाइते भएका उनको उपचारलागि भरतपुर पठाइएको जनाइएको छ ।