हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । आइतबार मनहरी–८ स्थित आमाघरको सभाहलमा बसेको १३ औँ अधिवेशनबाट नीति तथा कार्यक्रम पारित गरिएको हो ।

अधिवेशनको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले, चालु आर्थिक वर्षको कार्यक्रमलाई पाँच विषयगत क्षेत्रको ६४ बुँदामा समीक्षा गर्दै आगामी वर्षको कार्यनीति पेस गरेका थिए । कार्यक्रममा नीति पेश गर्दै अध्यक्ष कालाखेतीले कृषि तथा पशुपन्छी विकासतर्फ पालिकाले स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्न प्राविधिक सहयोग गर्नुको साथै ५० प्रतिशत अनुदानका कार्यक्रमलाई निरन्तरता एवम् कृषि तथा पशुपन्छीको उत्पादनमा अनुदान वितरण गरिने बताए ।