हेटौंडा । बागमती प्रदेशमा हालसम्म २२ प्रतिशत रोपाइँ भएको छ । प्रदेशका १३ जिल्लमा गरी हालसम्म २२ प्रतिशत धान रोपाइँ सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटौंडाले जनाएको छ ।

प्रदेशको चितवनमा २० प्रतिशत, मकवानपुरमा १५, धादिङमा १७, काँभ्रेमामा ३५, सिन्धुपाल्चोकमा ३२ प्रतिशत धान रोपाइँ भएको छ भने अन्य जिल्लामा पनि निकै कम मात्रामा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय हेटौंडाका प्रमुख तेज प्रसाद दवाडीले बताए ।

भौगोलिक विकटता र सिँचाइको अभाव रहेका जिल्लामा पर्याप्त मात्रामा पानी नपरेकाले यसपालि धानखेति हुन नसकेको उनको भनाई छ । प्रदेशमा धानखेतीका लागि आकाशको पानीका भर पर्नुपर्ने, खोलाको मूलबाट सिचाई गर्नुपर्ने भएकाले धान रोपाइँमा समस्या रहेको उनले बताए ।

उनका अनुसार प्रदेशको १३ जिल्लामा कूल एक लाख २० हजार पाँच सय हेक्टर जमिनमा धानखेती हुँदै आएको छ ।