हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा विषालु च्याउ खाँदा दुई चेपाङ परिवारका ६ जना बिरामी परेका छन् ।

मंगलबार च्याउ खाँदा गाउँपालिकाको वडा नम्बर २ को ओडारका स्थानीय ५३ वर्षीय लालसिं चेपाङ र २६ वर्षीय विकास चेपाङको परिवार बिरामी परेको वडाध्यक्ष बुद्धराम मुक्तानले जानकारी दिए ।

उनका अनुसार बिरामी पर्नेहरुमा लालसिं र उनका छोरा २७ वर्षीय राजकुमार चेपाङ रहेका छन् । यसैगरी, सोही ठाउँका विकास र उनको श्रीमती २४ वर्षीया सुनिमाया र उनीहरुका छोराहरु ६ वर्षीय सन्तोष र ८ वर्षीय अमोद चेपाङ रहेको वडाध्यक्ष मुक्तानले बताए ।

हिजो बिलुकानै बिरामी परेका उनीहरुको सरिखेत स्थित स्वास्थ्य चौकीमा सामान्य उपचार पछि आज बिहान थप उपचारको लागि मनहरी ल्याइएको थियो ।