हेटौंडा । मकवानपुर जिल्ला ब्याटमिण्टन संघको शनिवार हेटौंडामा तदर्थ समिति गठन गरिएको छ । विजय सिंह ठकुरीको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

समितिको सचिवमा लक्ष्मण महर्जन, कोषाध्यक्षमा देव कुमार घिमिरे रहेका छन भने सदस्यहरुमा क्रमशः भुवन थापा, कुमार गोले, सन्तोषकुमार क्षेत्री, भिम राई, नरेन्द्र मोक्तान र रेवती कार्की रहेका छन् ।

तदर्थ समितिले २१ दिनभित्र जिल्ला अधिवेशन र पाँचसय रुपियाँ सदस्यता शुल्क लिई साधारण सदस्यता वितरण गर्ने निर्णय गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका माधव कोईराला लगायतकाको सहभागिता रहेको थियो ।