हेटौंडा । मकवानपुरको भीमफेदी–८, बागमती खोलाको किनारमा महिलाको वेवारिसे शव फेला परेको छ ।

शुक्रवार साँझ अन्दाजी २५/३० बर्षीय नामथर वतन नखुलेकी महिलाको घोप्टोपरी मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याईएको र थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।