हेटौडा ।सरकारले जारी गरेको संघीय वन ऐन र बागमती प्रदेशले जारी गरेको प्रदेश वन ऐनको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेश र जिल्ला शाखा मकवानपुरले आयोजना गरेको दोश्रो चरणको आन्दोलन माघ २८ गते सकिएको छ ।

बागमती प्रदेशको वन ऐन २०७६ को संसोधन, तेहेरो कर खारेजी र वन संरक्षण क्षेत्र खारेजी लगायतको माग गर्दै महासंघले माघ १७ गतेदेखि बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा हेटौडामा एक घण्टा धर्ना दिदै आएको छ ।

धर्ना कार्यक्रममा फेकोफन बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई, सदस्य अर्जुन प्रसाद दाहाल, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, स्थानीय महासंघ, मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारी, भैरबडाडाँ सामुदायिक वनका अध्यक्ष उत्तम प्रसाद पौडेल, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, कार्यालय सचिव भीमसेन पौडेल,

पिप्लेपोखरा सामुदायिक वनका ईश्वर प्रसाद ढुँगाना, विभिन्न सामुदायिक वनका पदाधिकारी र उपभोक्ताहरुको सहभागिता थियो ।
तेश्रो चरणको कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ,राष्ट्रिय महासंघको फागुन ८ र ९ गते बस्ने बैठकले तय गर्ने योजना रहेको महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले बताईन । कोरोनाका कारण महासंघले भौतिक दुरी कायम गरि कार्यक्रम गरेको थियो ।