हेटौंडा । मकवानपुरमा सडेगलेको अवस्थामा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार दिउँसो करिब साढे १ बजे बागमती गाउँपालिका–१ करौजेस्थित बागमती नदिको किनारमा करिब ३६ वर्षीय एक पुरुषको शव फेला परेको हो।

मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार वेवारिसे अवस्थामा फेला परेको शव पहिचान गर्न सक्ने अवस्थामा छैन। बर्खायामको समयमा बामगती नदिले बगाएर ल्याएको हुन सक्ने उनले बताए ।

मंगलबार दिउँसो नदिको किनारमा शव देखेपछि नजिकैको प्रहरी चाकी राईगाउँमा खबर गरेका थिए । सूचना पछि प्रहरीले घटनास्थल पुगी प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमका लागि प्रहरीले हेटौंडा अस्पताल ल्याएको छ ।

मकवानपुर प्रहरीले कोही कसैको आफन्त नातेदार हराएका छन् भने सम्पर्क गर्नका लागि अनुरोध समेत गरेको छ।