हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.१ मा मोटरसाइकल दुर्घटना हुँदा दूई जना घाइते भएका छन् । घाइते हुनेहरुमा ओखलढुंगा खिजिडेम्बा गाउँपालिका वडा नं.३ पुठा बस्ने ४८ बर्षीय छिरीङ शेर्पा र सोलु भकाण्डे गाउँपालिका वडा नं.५ बस्ने ४३ बर्षीय तेम्बा शेर्पा रहेका छन् ।

हेटौंडा–भैसे–भीमफेदी अन्तर्गत आइतबार दिउँसो हेटौंडाबाट भैसेतर्फ जाँदै गरेको बा.६४ प ८५७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रिय भएर दुर्घटना हुँदा शेर्पाद्वय घाइते भएका थिए । उनीहरु उद्धार गरी हेटौंडा अस्पतालमा लगिएकोमा थप उपचारीको लागि काठमाडौं रिफर गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।