हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका झुरझुरेमा बोलेरोले ठक्कर दिदा एक बालिका घाइते भएकी छिन् ।

घाइते हुनेमा बागमती गाउँपालिका–४ झुरझुरेका राजु गोलेकी ६ बर्षीया छोरी रितु गोले रहेकी छिन् । सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ च ११६४ नम्बरको बोलेरो जीपले उनलाई ठक्कर दिंदा टाउको र खुट्टमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको र सवारी र चालक प्रहरी चौकी झुरझुरेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।