हेटौंडा । कार्तिक ८ गते धरान–चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती–७ लामिटार भएको मोटरसाइकल दुर्घटनामा घाइते चालकको मृत्यु भएको छ ।

८ गते राति झुरझुरेबाट हेटौंडा आउदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किए दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक मकवानपुर बागमती–६ ठाडीखोला बस्ने २२ वर्षका सन्तोष दर्लामी र सोही स्थान बस्ने २१ वर्षका प्रदिप लोप्चन घाइते भएका थिए । गम्भीर घाइते सन्तोषको अन्नपुर्ण न्युरो अस्पताल काठमाण्डौमा उपचारको क्रममा शनिवार राति ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन । घटनाको आवश्यक अनुसन्धानको प्रकिया भइरहेको जनाइएको छ ।