हेटौंडा । हेटौंडाका ब्यवसायीले रुकुम पश्चिमका भुकम्पपीडितका लागि राहत सामग्री बिहीबार मुसिकोटमा सहयोग गरेका छन् । मुसिकोटस्थित जिल्ला बिपत ब्यवास्थापन समितिलाई राहत सामग्री हस्ताणतरण गरिएको हो ।

नारायणी यातायात ब्यवसायी संघका महासचिव सरोजकुमार खनालले रुकुमका प्रमुख जिल्ला अधिकारी रिमबहादुर खड्कालाई हस्तान्तरण गरेका हुन् । हेटौंडा–११ थानाभर्याङस्थित धर्मकाँटा ब्यवस्थापन समितिको तर्फबाट १० लाख रुपैयाँ बराबरको र मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी यातायात ब्यवसायी संघलगायत १९ वटा ब्यावसायिक संस्थाको संयुक्त पहलमा राहत सामग्री संकलन गरिएको थियो ।

धर्मकाँटा ब्यवस्थापन समितिले ब्ल्याङ्केट डवल बेडको पाँच सय थान, त्रिपाल ७५ थान, चिउरा २० केजीको ५० बोरा सहयोग गरिएको समितिका सदस्यसचिव गंगाकुमार चौलागाईले जानकारी दिइन् । सहयोग सामग्री नारायणी यातायात ब्यवसायी संघ मार्फत् हस्तान्तरण गरिएको हो । संघका महासचिव खनालको नेतृत्वमा गत २१ गते मंगलबार सहयोग सामग्री हेटौंडाबाट रुकुमतर्फ पठाइएको थियो ।

मउवासंघले पनि कपडा तथा तयारी पोशाक ब्यवसायी संघलगायतको सहकार्यमा त्रिपाल ७५ थान, कुर्तासुरुवाल सय थान, डसना ७० थान सहयोग उपलब्ध गराएको संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले जानकारी दिएका छन् । संघका सल्लाहकार एबम् नारायणी यातायात ब्यवसायी संघका महासचिव खनाल, संघका कार्यसमिति सदस्य बिजय गौतम, नेत्रप्रसाद खतिवडामार्फत सहयोग सामग्री हस्तान्तरण गरिएको अध्यक्ष अग्रवालले बताए ।