हेटौंडा । मकवानपुरको बकैयामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

शुक्रवार दिउँसो बकैया–११ मोरङ्गेवेशी स्थित सुवास वमजनको खरले छाएको भुँईतले कच्चि घरमा आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ ।

बालबालिकाले लाईटर बाली खेल्ने क्रममा आगलागी भएको र आगलागीका कारण घर र घर भित्र रहेको  मकै, लत्ताकपडा,भाँडाकुँडा जलि पुर्ण रुपमा नष्ट भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जनाएका छन। आगलागीबाट मानवीय क्षति नभएको जनाइएको छ ।